
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशीय टी–२०आई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोलीलाई क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट सकिएसँगै क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साहले भने स्थान बनाउन सकेनन् । दुवै इन्जुरीबाट रिकभर हुने क्रममा रहेकाले टोली बाहिर राखिएको बताइएको छ । नेपालले चैत २७ गतेदेखि हङकङमा चार देशीय सिरिज खेल्दैछ । सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहनेछन् ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव ।














समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार