
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताए ।
पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो । निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताए । काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि केही निर्माणका कार्य भइरहेको उनले बताए ।
उनले भने, ‘हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिएका थियौँ, ढलानको काम भएको छ, अब अन्य संरचनाको काम बाँकी छ ।’ गण्डकी प्रदेश सरकारको मूल्य रु चार करोड ९० लाख ८३ हजारको लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । साढे दुई तलाको उक्त भवनको ढलानको काम सकिएको केन्द्रका लेखा अधिकृत पार्वती पौडेलले जानकारी दिइन् ।
अस्पताल भवनको ढलान कार्य सकिएको र अन्य काम बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्चार्ज विमल खरेलले जानकारी दिए । उनका अनुसार असार मसान्तसम्ममा भवन निर्माणको काम सक्नुपर्ने सम्झौता छ । उनले भने, ‘बजेट अभावले नै काम अगाडि बढाउन नसकिएको हो, अस्पतालमा आवश्यक संरचना निर्माण हुन बाँकी छ ।’ करिब साढे एक रोपनीमा निर्माणाधीन उक्त अस्पताल भवनको सेवा प्रवाहमा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ । एकैसाथ निर्माण थालनी गरिएको कास्कीको पोखरामा भने नमूना अस्पतालबाट सेवा प्रवाह भइसकेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम