
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बीमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कोष करिब रु एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बिमा क्षेत्रका समस्या समाधान हुने बताए । उनले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरे ।
मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिइने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने प्रयास भइरहेको बताए । उनले फरक प्रसङ्गमा बोल्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र परिष्कृत लोकतन्त्र नै भएको बताए । मन्त्री पौडेलले नागरिक अधिकार, आफैँले जनप्रतिनिधि चयन गर्ने, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने धारणा राखे । उनले हिंसाको जगमा व्यवस्था परिवर्तन हुन नसक्ने धारणा राखे ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो