
काठमाडौं, काठमाडौं उपत्यकाका प्राचीन स्तूप र चैत्यहरूको इतिहास समेटिएको ‘स्तूप र चैत्य’ पुस्तक पुनः प्रकाशित भएको छ। लेखक सुमति वज्राचार्य द्वारा लिखित यो पुस्तक १७ वर्षपछि परिमार्जनसहित पुनः बजारमा आएको हो।
पुस्तकमा पुरातात्त्विक अनुसन्धानका पछिल्ला तथ्यहरू, नयाँ फोटोग्राफहरू र परिमार्जित सामग्री समावेश छन्। मुगुम पब्लिकेसन प्रा.लि. ले सम्पदा संरक्षण र अध्ययनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यसलाई पुनः ल्याएको हो।
नेपालमा सम्पदा संरक्षणको चुनौती बढ्दै गएको छ। थुप्रै पुराना चैत्यहरू जीर्ण छन्। कतिपय पुनःनिर्माण गर्दा मौलिकता गुम्ने खतरा छ। यस्ता पुस्तकहरू अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण स्रोत बन्न सक्छन्।
प्रकाशकका अनुसार, पुस्तकले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदा संरक्षणमा रुचि राख्नेहरूलाई सघाउनेछ। बजारमा उपलब्ध यो पुस्तक सम्पदा अध्ययनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।














समाचार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड