काठमाडौं जिल्ला अदालतले धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू धवलशमशेर जबरा र रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार (चैत २६) अदालतले म्याद थप गरेको हो ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोप छ । सो आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनामाथि अनुसन्धाननिम्ति १५ दिनको म्याद थप भएको काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । पक्राउ गरिएका बाँकी सबैलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको उनले बताए ।

‘धवलशमशेर र रवीन्द्र मिश्रसहित राजनीतिसँग जोडिएका २० जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति भएको छ,’ उनले बाह्रखरीसित भने, ‘अन्य सबैलाई थप २० दिन हिरासतमा राख्न अनुमति भएको छ ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार