
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू धवलशमशेर जबरा र रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार (चैत २६) अदालतले म्याद थप गरेको हो ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोप छ । सो आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनामाथि अनुसन्धाननिम्ति १५ दिनको म्याद थप भएको काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । पक्राउ गरिएका बाँकी सबैलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको उनले बताए ।
‘धवलशमशेर र रवीन्द्र मिश्रसहित राजनीतिसँग जोडिएका २० जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति भएको छ,’ उनले बाह्रखरीसित भने, ‘अन्य सबैलाई थप २० दिन हिरासतमा राख्न अनुमति भएको छ ।’













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज