
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई मात्र ४ रनले हराएको छ । जितको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रनमा समेटियो ।
लकाताका ओपनर क्विन्टन डि कक १५ रनमा आकाश दीपको बलमा एलबिडब्लु धरापमा परे। उनी १५ रनना आउट भएपनि कोलकाताले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ९० रन बनायो। १३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३० रन जोडेर सुनिल नरायन आउट भए। कप्तान अजिन्के राहानेले विष्फोटक ब्याटिङ गरे। उनले ३५ बल खेलेर ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको पारी खेले। उनी आउट हुँदा टोलीले १ सय ६२ रन बनाइसकेको थियो।
त्यसपछि भेनकटेश्वर अयरले ४५ रन जोडे। रिन्कु सिंहले अन्त्यमा प्रयास गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ६ बलबाट २४ रन चाहिंदा कोलकोताले १९ रन मात्र जोड्न सक्यो। यो सँगै ४ रनको झिनो अन्तरको हार बेहोरेको छ। बलिङमा आकाश दीप र सार्दुल ठाकुरले समान २ विकेट लिए। त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनायो । टोलीका मिकेल मार्स र निकोलश पुरनले सानदार ब्याटिङ गर्दै अर्ध शतक बनाए।
ओपनर इडन मारक्रम र मार्सलले उत्कृष्ट सुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे। मारक्रम ३ रनले अर्धशतक बनाउन चुके ।२८ बलमा उनले ४ चौका र २ छक्कामा ४७ रन बनाए । त्यसपछि मार्स र पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। मार्सले ४८ बलमा ६ चौका र ५ छक्कामा ८१ रन बनाए । पुरन ३६ बलमा ७ चौका र ८ छक्कामा नटआउट ८७ रनको योगदान गरे। अब्दुल समदले ६ रन बनाए र डेभिड मिल्लर ४ रनमा नटआउट रहे। कोलकाताका हर्षित रानाले २ र आन्द्रे रसलले १ विकेट लिए।
पाँच खेलबाट ६ अंक बनाएको छ। उसको यो तेस्रो जित हो। कोलकोताको यो तेस्रो हार हो। उसँग ४ अंक रहेको छ। आजको दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध पन्जाब किंग्सले टस जितेर ब्याटिङ सुरु गरेको छ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय