
काठमाडौं । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गर्न पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड)लाई पर्वतीय उद्धार तालिम दिइएको छ । नेपाल पर्वतारोहण संघको सहयोगमा नेपाल पर्वतारोहण प्रशिक्षक संघले २१ पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको हो । तालिममा सहभागीलाई आज आयोजित कार्यक्रममा संघका अध्यक्ष निमानुरु शेर्पाले प्रमाणपत्र वितरण गरे ।
दक्ष प्रशिक्षकले प्रशिक्षार्थीलाई लाङ्टाङ र काठमाडौंमा तालिम दिइएको हो । बीस दिनको तालिममा ‘इन्ट्रोडक्टरी रक क्लाइम्बिङ कोर्ष’, ‘बेसिक माउन्टेन रेस्क्यु’, ‘आइस क्लाइम्बिङ’, ‘हाइ अल्टिच्युट’ लगायत विषयमा तालिम दिइएको थियो । यो तालिमका लागि प्रति व्यक्ति करिब रु एक लाख खर्च लाग्ने जनाइएको छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पाले समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि तालिम दिइएको बताए । उनले भने, ‘विशेषगरी समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित गराउने, आफू कसरी सुरक्षित हुने तथा ‘क्लाइन्ट’लाई र आरोही कसरी सुरक्षित गर्ने भन्ने उद्देश्यले तालिम दिइएको हो ।’
प्रशिक्षक संघका अध्यक्ष छिरिङ पाण्डे भोटेले पर्वतारोहणलाई सुरक्षित बनाउन तथा सम्भावित जोखिम र जोखिमपछिको अवस्थामा कसरी उद्धार र व्यवस्थापन गर्ने भन्नेबारे गाइडलाई तालिम दिइएको बताए । प्रशिक्षक संघका महासचिव एवं तालिमका प्रमुख प्रशिक्षक पासाङ टेण्डी शेर्पाले आरोही गाइडलाई पर्वतीय उद्धारबारे हिमालमै तालिम दिनुपर्ने आवश्यकता महसुस गरी चार हजार मिटर उचाइको हिउँमा तालिम दिइएको बताए ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय