नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने सुधार

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक ५ अंकले घटेर बन्द भएको छ । साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ५ दशमलव ५७ अंकले घटेर २६७० दशमलव ७० विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनकिो सेयर मूल्य स्थिर रहेको छ । बिहीबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १९ अंकले बढेर ४४६ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको घटेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज सेयर बजारमा ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ४९ हजार ६३२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार सेयर बजार घट्दा पनि दुई कम्पनीको सेयर मूल्लमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दुई कम्पनीमा सकारात्मक सर्किट, धेरै मूल्य बढ्ने यी हुन ५ कम्पनी

बिहीबार सेयर बजार एकल अंकले घटेर कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । त्यस्तै ९.९८ प्रतिशत अर्थात् ३० रुपैयाँ २० पैसाले बढेको क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, विन नेपाल लघुवित्त र दिव्यश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा सिन्धु विकास बैंकको सेयर मूल्य ७.९८ प्रतिशत अर्थात् ८८ रुपैयाँ ७० पैसाले बढेर १ हजार २०० रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै विन नेपाल लघुवित्तको सेयर मूल्य २३५ रुपैयाँ ६१ पैसाले बढेर ३ हजार ४७४ रुपैयाँ १२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२८ प्रतिशतले बढी हो । बिहीबार दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि आज २२ रुपैयाँ ७३ पैसाले बढेर ४०७ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९० प्रतिशतले बढी हो ।

धेरै मूल्य घट्ने यी हुन ५ कम्पनी

बिहीबार सेयर बजार घटेर बन्द हुँदा १३१ कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो । १३१ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा दुई हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा मिडिया छन् ।

आज सबै भन्दा धेरै बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ ०७ पैसाले घटेर १७ हजार ९३० रुपैयाँ ९३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३७ प्रतिशतको गिरावट हो । त्यस्तै आज हिमालयन पावर पाटनर्सको सेयर मूल्य १६ रुपैयाँ ७८ पैसाले घटेर ६०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.७२ प्रतिशतले कम हो ।

आज शुभम पावरको सेयर मूल्य २१ रुपैयाँ ९१ पैसाले घटेर ८७२ रुपैयाँ ६५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४५ प्रतिशतले कम हो । बिहीबार नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य पनि ११ रुपैयाँ ९५ पैसाले घटेर ४७६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४५ प्रतिशतले कम हो । त्यस्तै आज घोराही सिमेन्टको सेयर मूल्य पनि १३ रुपैयाँ ३८ पैसाले घटेर ५३९ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४२ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार