
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो जीत निकालेको छ । हिजो भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको हो ।
योसँगै लखनउको तीन खेलको अपराजित यात्रा र चेन्नईको पाँच खेलमा जीतविहीन यात्रा टुङ्गिएको छ । लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो । चेन्नईकाशिवम दुबेले सर्वाधिक ४३ रन बनाए । कप्तान मेहेन्द्र सिंह धोनीले २६ रन जोडे । लखनउका रवि बिश्नोईले दुई विकेट लिए । त्यसअघि भारत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।
लखनउका कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए । मिचेल मार्शले ३० रन जोडे । चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए । प्रतियोगितामा लखनउको सात खेलबाट आठ अङ्क छ । समान खेलबाट पुछारमा रहेको चेन्नईले चार अङ्क पुर्याएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्गस र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।













समाचार
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक