
म्याग्दी । सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन् ।
आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् । गण्डकी प्रदेशमा पहिलोपटक दुई वर्षअघिदेखि प्रदेश अस्पताल बेनीमा शनिबार र सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन हुनेगरी बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार बिहानै अस्पतालमा उपचार गराउन आए पनि ओपिडी सेवा बन्द भएपछि उपचार नगराइकन फर्कनुपरेको धवलागिरि गाउँपालिका–२ लुलाङबाट सेवा लिन आभएका भबिराम विकले बताए ।
‘अस्पतालमा उपचार नहुने भएपछि अब बाहिर क्लिनिकमा जाँच गर्नुपर्ने भयो, घरमा नियमित प्रयोग गर्ने औषधिसमेत पाउन सकिएन’, उनले भने । शुक्रबारदेखि नै अस्पतालको ओपिडी सेवा बन्द भएपछि गाउँगाउँबाट उपचार गराउन आएका बिरामी उपचार नगराइकन फर्कनुपरेको छ । अस्पतालका डा रामु सापकोटाले गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिए ।
प्रदेश अस्पताल बेनीमा कार्यरत चिकित्सकले ओपिडी सेवा बन्द भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई समेत ध्यानाकर्षणपत्रमार्फत जानकारी गराएका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित बनेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम