
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित २० बिघा जग्गामा खरबुजा खेती गरिएको छ । यहाँ भारतको उत्तर प्रदेश र हरियाणका बीस घरपरिवारले खेती गरेका हुन् ।
प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार भारतबाट आएर प्रतिबिघा वार्षिक रु ६० हजारका दरले भाडामा लिएर भारतीय नागरिकले खरबुजा तथा तरकारीखेती गरिरहेका छन् । गाउँपालिका–६ चोर्नीयाको बगरमा गरिएको खरबुजाखेतीबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । व्यापारीहरूले किसानको खेतबाटै खरबुजा खरिद गर्ने गरेका छन् ।
भारतीय किसान आरिफ खानले तीन वर्षदेखि आफूहरूले यहाँ खरबुजा तथा तरकारीखेती गर्दै आएको बताए । उनका अनुसार प्रतिकेजी रु २० मा खरबुजा बिक्री हुने गरेको छ । विगतमा राम्रै आम्दानी भए पनि यस वर्ष खरबुजामा फङ्गस् रोग लागेर सोचेअनुसार उत्पादन नहुँदा केही घाटा लागेको छ ।
यहाँ उत्पादित खरबुजा काठमाडौँ, नारायणघाट, बुटवल, पोखरा, भैरहवा, चितवनसम्मका व्यापारीले खेतमै आएर लैजाने गरेका छन् । प्रतापपुर गाउँपालिका–८ निवासी प्रमोद सहानीले खरबुजाखेती गरेको खेतमा मुमफली (बदाम) कोसमेत उत्पादन हुने भएकाले कसैले भाडामा त कसैले अधियामा खेती गरिरहेका बताए ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय