
काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । साताको कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचक १३ दशमलव ९६ अंकले घटेर २६२० दशमलव २७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले घटेर ४४१ दशमलव ४४ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये २ वटाको मात्रै सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ ।
आज परिसूचसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे ९ अर्ब माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१५ कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर १ लाख १२ हजार ५७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह