
काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । सोमबार बजार मापन गर्ने सूचक १९.३० अंकले बढेर परिसूचक २६२८.३६ बिन्दु कायम भएको छ । ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा लगानीकर्ताको आकर्षकण बैंकमा देखिएको छ । सोमबारको कारोबारमा १९ वटै बैंकको सेयर मूल्य बढेको छ ।
यस्तै अधिकांश विकास बैंकको सेयर मूल्य बढेको छ ।
कारोबारमा होटल समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ । कारोबारमा सप्तकोशी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, तेह्रथुम पावर, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।
कारोबारमा वन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै छ्याङ्दी हाइड्रोपावर, क्रेष्ट माइक्रो लाइफ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । ५९ करोड ७६ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै