
कैलाली । यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन्। यस उद्योगबाट उनले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन्।
विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ। ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय राम्रो आम्दानी भइरहेको बताए। अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए।
‘यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ। स्थानीय तीन जनाले रोजगार पाएका छन्। परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ’, ऐरले भने। उनले वर्षभरि अचारको कारोबार गर्दै आएका छन्। यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन्। स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ। उनले भने, ‘स्वास्थ्यलाई हानी हुने हिसाबले हामी अचार बनाउँदैनौँ, अचारमा प्रयोग हुने नुन, तेल, मरमसालालगायत सबै चिज ठीक गुणस्तरी र मात्रा मिलाएर प्रयोग गरिरहेका छौँ। त्यसैले पनि ग्राहकले गुनासो गर्ने अवस्था आएको छैन।’
धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहेका छन्। ‘गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु। ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ। तीन जनालाई रोजगारी दिएको छु’, उनले भने, ‘सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ। यो नै खुसीको कुरा हो।’













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू