
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङ्गे पुल जोखिममा परेको हो ।
घरपझोङ–१ छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल पर्खालको निर्माणका क्रममा जमिन चर्किन पुग्दा झोलुङ्गे पुल जोखिममा परेको हो । छैरो तिब्बती क्याम्पस जाने कालिगण्डकी नदीमा निर्माण भएको पुरानो झोलुङ्गे पुल जीर्ण हुँदा त्यस स्थानमा अर्को झोलुङ्गे पुल निर्माण गरिएको थियो । उक्त पुल क्याम्पतर्फ क्षेत्रमा जमिन चर्किन पुग्दा तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेका क्याम्पका मुखिया टसी ढिन्डुकले जानकारी दिए ।
‘क्याम्पतर्फको भागमा झोलुङ्गे पुलको बिमा र पुलको डिपिसी धुजाधुजा भएको छ । पुल कुनै पनि बेला झनै ठूलो क्षति हुने खतरा बढेको छ’, मुखिया टसी ढिन्डुकले भने, ‘पुलमा मान्छे हिँड्न जोखिम छ, यसैले पुलमा मान्छे हिँड्न बन्द गरेका छौँ ।’
मुखिया टसी ढिन्डुकले तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा पर्दा क्याम्पका करिब ६० घरधुरीलाई राजमार्ग सडकमा आउजाउ गर्न समस्या परेको बताए । क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेकाले त्यसको मर्मत सुधार वा पुनःनिर्माणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा निवेदन पेस गरेको मुखिया ढिन्डुकले उल्लेख गरे ।
‘पुल जोखिममा परेकाले मर्मत सुधार गरिदिन पहलका लागि प्रशासनलाई निवेदन दिएका छौँ”, उनले भने । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले तिब्बती क्याम्प जाने जोखिममा रहेको झोलुङ्गे पुल मर्मत सुधारका लागि कार्यालयले पहल गर्ने प्रतिबद्धता जनाए । ‘हाम्रो कन्ट्रक्सनको कामले झोलुङ्गे पुलमा असर परेको छ”, कार्यालय प्रमुख आत्रेयले भने, ‘हामी जतिसक्दो छिटो झोलुङ्गे पुललाई यथाशिघ्र मर्मत गर्ने छौँ ।’
मुस्ताङको छैरो क्याम्प जाने पुल जमिन च्यातिएर जोखिममा परेसँगै क्याम्पमा बस्ने शरणार्थीलाई दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या परेको छ । अहिले पुल जोखिममा परेपछि क्याम्पका शरणार्थीले छैरो गाउँ नजिकको अर्को झोलुङे पुल तरेर करिब आधा घण्टा खर्चिएर राष्ट्रिय राजमार्ग आउनुपर्ने बाध्यता रहेको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु