
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटकीय महत्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नतिका लागि शिलान्यास गरेका छन् । वीरेन्द्रनगर नगरपालिका १४ देखि बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज मुख्यमन्त्री कँडेलले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमका अवसमार मुख्यमन्त्री कँडेलले विकासका काम भइरहँदा कर्मचारी र सरकारको भर नपरी यसमा सबैले साथ आवश्यक रहेको बताए । ‘समुदायले विकास मेरा लागि हो भन्ने सम्झनुपर्दछ । प्रदेश सरकार यहाँका पूर्वाधार आवश्यकता पूर्ति गर्न निर्बाध अगाडि बढेको छ । विकास जनप्रतिनिधि र कर्मचारीले मात्रै गर्ने नभई हामी सबैको हो भन्ने सोचसहित सहयोग गर्न सबैलाई आग्रह छ,’ मुख्यमन्त्री कँडेलले भने ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकको गढीदेखि कल्याणकाँधसम्म निर्माण हुने सात किमी सडकले यहाँका स्थानीयको दैनिकीमा सहजता ल्याउने मुख्यमन्त्री कँडेलको विश्वास छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले करिब रु आठ करोडमा निर्माण हुने उक्त सडक तीन हजार पाँच सय मिटर पक्की र सोही बराबर दूरीमा ग्राभेल सडक निर्माण हुने जानकारी दिए । उनका अनुसार गत वैशाख २२ गते सम्झौता भएर सडक निर्माणको जिम्मा बिआईएस कन्स्ट्रक्सन प्रालि काभ्रेपलाञ्चोकले लिएको छ । सडक निर्माण अवधि विसं २०८३ असार मसान्तसम्म रहेको निर्देशक शाहीले बताए ।
प्रालिका प्रतिनिधि अमृत गौतमले कुनै समस्या सिर्जना नभएमा तोकिएकै समयमा आयोजना सम्पन्न हुनेगरी काम गरिने प्रतिबद्धता व्यक्त गरे ।













समाचार
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?
कालिन्चोक दर्शनको आम्दानी र नाफामा उछाल, अन्य सूचक कस्ता ?
कमजोर बन्दै कृषि विकास बैंक, नाफासँगै वितरणयोग्य मुनाफामा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्षका लागि कृष्ण गिरीकाे उम्मेदवारी घाेषणा