
सङ्खुवासभा । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्याउने तयारी भइरहेको जानकारी दिए ।
यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट ५९ लाख रुपैयाँ बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम संकलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए ।
त्यस्तै कालोसूचीमा परेका ग्राहकबाट थप रु छ लाख उठाइएको यादवले जानकारी दिए । प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत २४ करोड १९ लाख रुपैयाँ संक्लन गरिएको प्राधिकरणले जनाएको छ ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता