काठमाडौं । स्पेन नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत राति भएको खेलमा फ्रान्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि स्पेनले पहिलो सिजनको विजेता पोर्चुगलसँग खेल्ने छ । पोर्चुगलले जर्मनीलाई हराएर फाइनमा स्थान सुरक्षित गरेको थियो । गए रातिको खेलमा स्पेनलाई जित दिलाउन लामिन यामालको २ गोल गरे । त्यस्तै निको विलियम्स, मिकेल मेरिनोकाले र पेड्रीले एक एक गोल गरे । फ्रान्सका लागि केलिन एमबाप्पे, रायन चेर्की र डानी भिभियनले एक एक गोल गरे ।
अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलले फाइनल खेल्नेछन् । फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।