
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् । मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्न तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले भनेका छन् ‘असल काममा आफ्नो सानो योगदानस्वरूप, क्रिकेट संघ नेपाल (क्यान)बाट प्राप्त हुने मेरो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेछु ।’ उनले देशमा कठिन परिस्थिति रहेकाले आफूहरूको मन नेपालमै रहेको उल्लेख गर्दै प्रतियोगितामा मैदानमा आफ्नो शतप्रतिशत दिने बताएका छन् । नतिजाभन्दा पनि आफ्नो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उत्साह प्रदान गर्न सकोस् भन्ने आफूहरूको चाहना रहेको उनले बताएका छन् ।
‘यस्तो कठिन परिस्थितिका बाबजुद पनि हामी चुनौतीका लागि तयार छौँ र मैदानमा आफ्नो सबै क्षमता लगाउनेछौँ । नतिजाभन्दा पनि हाम्रो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उनीहरूलाई उत्साहित हुने एउटा कारण दिन सकोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । त्यसैगरी सन्दीपले एसीसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका तथा छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । ‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि हो,’ उनले लेखेका छन् । उनले यस्तो सहयोग बाढीबाट प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने पनि उल्लेख गरेका छन् । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज (आइतबार)देखि मलेसियामा सुरु हुँदैछ ।













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे