
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजन आज निर्णायक चरणमा प्रवेश गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज पहिलो क्वालिफायर खेल सञ्चालन हुँदैछ, जसमा लिग चरणका दुई बलिया टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
लिग चरणमा सुदूरपश्चिम रोयल्सले आक्रामक र निरन्तर प्रदर्शन गर्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको थियो। सात खेल खेलेको टोलीले छ खेल जित्दै मजबुत दाबी प्रस्तुत गरेको हो। सुदूरपश्चिमले लिग चरणमा बेहोरेको एक मात्र हार विराटनगर किङ्सविरुद्धको थियो, जसले आजको खेललाई थप रोचक बनाएको छ।
विराटनगर किङ्सले पनि यस सिजन अपेक्षाभन्दा बलियो उपस्थिती जनाउँदै सात खेलमध्ये पाँचमा जित निकालेर दोस्रो स्थानमा समाप्त गरेको हो। लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भए पनि विराटनगरले निर्णायक खेलहरूमा आफूलाई सम्भाल्न सफल भएको देखिएको छ।
पहिलो क्वालिफायरमा जित निकाल्ने टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत उपाधि यात्रालाई जीवित राख्ने अवसर पाउनेछ। गत संस्करणमा फाइनलसम्म पुगेको सुदूरपश्चिम रोयल्स यसपटक पनि उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ। अर्कोतर्फ, अघिल्लो सिजन लिग चरणमै यात्रा टुंग्याएको विराटनगर यसपटक फाइनल दौडसम्म आइपुग्दा उल्लेखनीय पुनरागमन गरेको टोली बनेको छ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम टोलीमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको राम्रो संयोजन देखिन्छ। अभिनाश बोहरा, आरिफ शेख र विनोद भण्डारीजस्ता खेलाडी टोलीको मेरुदण्ड बनेका छन्। विदेशी खेलाडीमध्ये स्कट कुगेइलिन र हर्मीत सिंह टोलीसँग छन्। यसअघि खेल्दै आएका जोश ब्राउन र क्रिस लिन उपलब्ध नहुने भएपछि टोलीले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तानका मुखतार अहमदलाई समावेश गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किङ्सले अनुभवी र युवा खेलाडीको सन्तुलित टोली बनाएको छ। लोकेश बम र प्रतिश जिसीजस्ता राष्ट्रिय खेलाडीसँगै मार्टिन गुप्टिल, फाफ डु प्लेसिस, जर्ज मुन्सी, शुभम रञ्जने र सामुअल डाली हेजलेटजस्ता अन्तर्राष्ट्रिय नामहरूले विराटनगरलाई झनै प्रतिस्पर्धी बनाएका छन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू