
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले हराएको छ । हिजो भएको खेलमा पन्जाबले दिएको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाता १५ ओभर १ बलमा ९५ रनमा अल आउट भयो ।
कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । पन्जाबका लागि युजबेन्द्र चाहलले ४ र मार्की जानसेनले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५ ओभर ३ बलमा १ सय ११ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले ३० रन बनाए । प्रियान्स आर्याले २२ रन जोडे ।
कोलकाताका हर्षित रानाले ३ विकेट लिए । यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए । ६ खेलमा ४ मा जीत र २ मा हार बेहोरेको पन्जाब ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सात खेलमा ३ जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित छैटौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह