
नवलपरासी । मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि धान रोपाइँ सुरु भएको छ । गत वर्ष नहरमा पानी नआउँदा, ढिला वर्षा हुँदा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष जेठको दोस्रो सातादेखि रोपाइँ सुरु गरेका कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए। उनका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाभित्रका कृषकले रोपाइँ सुरु गरेका छन्।
यस वर्ष समयमा मनसुन भित्रिएसँगै नहरमा पानी आएपछि ढिलो रोपाइँ मजदुर नपाउने समस्या हुने भन्दै जेठमै रोप्न सुरु गरिएको पाल्हीनन्दन–४ का रामसिंह कुर्मीले बताए । नवलपरासीमा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका केन्द्रका प्रमुख डा चौबेले जानकारी दिए। उनका अनुसार खाल्टो खेतमा साभा, गोल्डेन र समथर खेतमा हर्दिनाथ, गोरखनाथ, सम्पुर्ना, शारदा, देवी, प्रशन्ना, हाईब्रिडलगायत जातका धान लगाउने गरिएको छ।
गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा ९१ हजार चार सय ७१ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिए। धान खेती हुनेमध्ये ७७ प्रतिशत क्षेत्रमा सिँचाइको प्रबन्ध रहेकाले उत्पादन प्रशस्त हुने गरेको उनको भनाइ छ । ‘रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा बढी मात्रामा धानखेती हुन्छ। प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका धानभन्दा केरा, बदाम उत्पादन हुने क्षेत्र हुन्,’ उनले भने।













समाचार
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा
गृह र ऊर्जामन्त्री पुगे मौसम विभाग, वर्षा र हिमपातबारे चासो
संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ७ अर्ब माथि
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक