
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ। गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो।
गाउँपालिकाभित्रका सातवटा वडाका चार-चार एकल महिला छनोट गरी प्रत्येकलाई एक-एक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार पालिकाभित्र एकल महिलाको संख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिए।
उनले भने,‘एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ। यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ।’ बाख्रा खरिदका लागि पालिकाले प्रतिमहिला १२ हजार सहयोग गरेको अधिकारीले बताए। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले तीन लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए।
एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताए। उनले भने,‘यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ।’













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु