
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ५३ हजार कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरि लिलामीमा राखेको हो ।
यसमा कम्पनीका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ४३५ रुपैयाँ तोकिएको छ । यसमा आज जेठ २९ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन दिंदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण सेयर खरीद गर्न सकिने व्यवस्था गरिएको छ । बोलपत्र आवेदन फाराम काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला