असार ३ ललितपुर — जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय परिषद् बैठक आह्वान गरेको छ। पार्टी गठनपछिको पहिलो संघीय परिषद् बैठक आगामी असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने भएको हो। बैठकबारे जानकारी दिँदै पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले यो बैठक पार्टीको नीति, सिद्धान्त, विचार र विधान संशोधनमाथि गम्भीर छलफल हुने बताएका छन्।
लम्सालका अनुसार, बैठकमा संघीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारमाथि प्रस्ताव प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव अघि सार्नेछन्।
संघीय परिषद्को बैठकमा पार्टीको विधानको धारा २६ (३) बमोजिम करिब ४१३ जनाको सहभागिता रहने छ। सहभागीमध्ये केन्द्रीय समिति, केन्द्रीय निकाय, प्रदेश समिति, प्रादेशिक निकाय, राष्ट्रिय समिति, जिल्ला समिति र जनवर्गीय संगठनका पदाधिकारी तथा मनोनीत संघीय परिषद् सदस्यहरू रहने छन्।
केन्द्रिय सदस्य पासाङ्ग छेल्हामो शेर्पाक्कानुसार बैठकमा पार्टीको समग्र सांगठानिक दिशा, आगामी राजनीतिक रणनीति, र स्थानीयदेखि संघीय तहसम्मको कार्यदिशामाथि छलफल हुने अपेक्षा गरिएको छ। यस बैठकले पार्टीभित्रको वैचारिक स्पष्टता र सांगठानिक सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको खस संघका अध्यक्ष दुर्गा सुवेदिले जानकारी दिए ।














समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु