
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको छ । सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले डच टोलिलाई ६ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपाली टोलिले ४ विकेट गुमाएर १९ ओभर ४ बलमा भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै आरिफ शेख ३९ रनमा रिटायर्ड हट भए भने भीम सार्कीले २७ रनको योगदान दिए । नेदरल्याण्ड्का लागि बेन फ्लेचर,आर्यन दत्त, जायर शेर क्याचेट र रोइलोफ भ्यान डर मर्वेले समान १ विकेट लिए । यो जितसँगै नेपालले पहिलो खेलमा सुपर ओभरमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।
यस अघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको पारी खेले । पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ६३ रनको अर्धशतकी साझेदारी गरेका थिए । जुल्फिकरले १४ रन बनाए । त्यस्तै रोइलेफ भान डर मिर्वोले ३६ तथा आर्यान दतले १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, रुपेष सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल