
राँझा । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–९ मा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने महादेवा, बुच्चापुर, खैरहनी, गुरुवागाउँलगायतका टोलबस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर निर्माण भइरहेको वडाध्यक्ष सोहनलाल थारूले बताए ।
उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरणको क्षेत्रमा कार्यरत संस्था जेडएसएल, इलम, इन्रुडेकलगायत संस्थाले राप्ती सोनारी–९ मा मात्र दुई सय १० सुरक्षित खोर र ३० गाईभैँसीको भकारो सुधार गरिएको छ । बाख्राको सुरक्षित खोर निर्माण भएपछि निकुञ्जसँग जोडिएको गाउँबस्तीमा चितुवा, बाघ तथा अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन सहज भएको राप्ती सोनारी–९ महादेवा गाउँका मानबहादुर दर्लामीले बताए ।
‘पहिला खोरबाटै बाघले बाख्रा तानेर लैजान्थ्यो, अहिले सुरक्षित खोर बनाएपछि डरत्रास हटेको छ’, उनले भने, ‘हामीलाई पशुपन्छी र खेतीबाली वन्यजन्तुबाट जोगाउन मुस्किल हुने गरेको छ, सुरक्षित खोर निर्माणले केही राहत भएको छ ।’ महादेवा गाउँकै हेम चापागाईँले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि भेडाबाख्रा पाल्न छाडेको किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि फेरि बाख्रापालन सुरु गरेको बताए । उनले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने तथा मर्ने चिन्ता हटेको बताए ।
विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)अन्तर्गत डिभिजन वन कार्यालयमार्फत राप्ती सोनारी–८ पेरानीगाउँका ३० घरमा सुरक्षित खोर निर्माण गरिएका छन् । त्यसैगरी, बाँकेको कम्दी जैविक मार्गका ३० घरमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएका छन् । चितुवा, बाघलगायत जनावरले बस्तीमा आएर बाख्रा मार्न र घाइते बनाउन थालेपछि उनीहरूलाई जोगाउन सुरक्षित खोर निर्माण गरिएको एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिए ।
कम्दी जैविक मार्गमा बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउन विभिन्न सामुदायिक वनक्षेत्र र बस्तीबीच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रापालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर निर्माण गरिएको थापाले बताए ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने