
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेको हो ।
आज सेयरबजारमा २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । भने २३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.३८ अंकले घटेर ४४४ दशमलव १० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
नेप्से उच्च अंकले घटेको दिन बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ८७ हजार ३०२ पटक खरिद बिक्री हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकात्मक सर्किट लागेको छ भने पियोर इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
होर्मुज खोल्ने प्रयास तीव्र, इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न