
काठमाडौं । तीव्र गतिका बलर जसप्रित बुमराहको ५ विकेटमा पहिलो टेस्टको दोस्रो इनिङमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध सामान्य अग्रता लिएको छ । पहिलो इनिङमा बुमराहले ५ विकेट लिएपछि इङ्ग्ल्याण्ड ६ रनले पछि परेको हो ।
आइतवार दोस्रो पारीको सुरुवात गरेको भारतले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ९० रन बनाएको छ । यो अवस्थामा भारत ९६ रनले अगाडि छ । दोस्रो पारीमा भारतका साई सुदर्शन ३० रन जोडे । यशस्वी जैसवाल ४ रनमा आउट भए । केएल राहुल ४७ तथा कप्तान शुभमन गिल ६ रनमा अविजित छन् । पहिलो पारीमा इङ्ग्याण्डले ४६५ रन बनाएको थियो । उसका लागि ओली पोपले सर्वाधिक १०६ रनको शतकीय पारी खेलेका थिए । बेन डकेट ६२, ह्यारी ब्रुक ९९, जेमी स्मिथ ४०, क्रिस वोक्स ३८ तथा जो रुट २८ रनमा आउट बनाए । भारतका बुमराहले ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले २ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो । पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४७१ रन बनाएको थियो ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु