इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा भारतलाई सामान्य अग्रता

काठमाडौं । तीव्र गतिका बलर जसप्रित बुमराहको ५ विकेटमा पहिलो टेस्टको दोस्रो इनिङमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध सामान्य अग्रता लिएको छ । पहिलो इनिङमा बुमराहले ५ विकेट लिएपछि इङ्ग्ल्याण्ड ६ रनले पछि परेको हो ।

आइतवार दोस्रो पारीको सुरुवात गरेको भारतले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ९० रन बनाएको छ । यो अवस्थामा भारत ९६ रनले अगाडि छ । दोस्रो पारीमा भारतका साई सुदर्शन ३० रन जोडे । यशस्वी जैसवाल ४ रनमा आउट भए । केएल राहुल ४७ तथा कप्तान शुभमन गिल ६ रनमा अविजित छन् । पहिलो पारीमा इङ्ग्याण्डले ४६५ रन बनाएको थियो । उसका लागि ओली पोपले सर्वाधिक १०६ रनको शतकीय पारी खेलेका थिए । बेन डकेट ६२, ह्यारी ब्रुक ९९, जेमी स्मिथ ४०, क्रिस वोक्स ३८ तथा जो रुट २८ रनमा आउट बनाए । भारतका बुमराहले ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले २ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो । पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४७१ रन बनाएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार