
दाङ । दाङ घोरहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
अन्य दिनको तुलनामा भन्दा बिदाको दिनमा यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका ज्यामिरे दह सामुदायिक उपभोक्ता समूहकी अध्यक्ष रिना बस्नेतले बताए । उनका अनुसार अन्य समयमा ८० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउनेमा बिदाका दिनमा एक सयभन्दा बढी आउने गरेका छन् ।
दहमा पानीको ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ज्यामिरे दह सामुदायिक वन ४८३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा अवस्थित छ । पर्यटकलाई आकर्षण गर्न यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना बनाइएको अध्यक्ष बस्नेतले बताए। उनका अनुसार दहलाई पर्यटकीय क्षेत्र बनाउन डुङ्गा सञ्चालन गरिएको छ ।
तालमा डुङ्गासहित पानीमा पौडन मिल्ने ‘लाइफ ज्याकेट’को व्यवस्था गरिएको डुङ्गा सञ्चालक आइते विकले बताए । पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका उनको भनाइ छ । ‘प्राकृतिक रूपमा रहेको तालको स्तरवृिद्ध गरी ड्याम निर्माण गरिएको छ । दह निर्माण भएसँगै सौन्दर्य हेर्न लायक बनेको पर्यटक बताउँछन् । ताल अवलोकनमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको हो’, उनले भने । डुङ्गा सञ्चालकका अनुसार बिदा र चाडपर्वको समयमा डुङ्गा सयर गर्नेको घुइँचो लाग्ने गर्दछ । डुङ्गा सयर गरेबापत प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको जनाउँदै आइते डुङ्गामा ताल घुम्न १५ देखि ४० मिनेटसम्म लाग्ने बताए ।
ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यहाँको व्यापार पनि बढ्न थालेको उनको भनाइ छ । दहमा दाङसहित बुटवल, नेपालगञ्ज, बर्दियाबाट पर्यटक आउने गरेका आइतेले जानकारी दिए । दहको विकासका लागि प्रतिक्षालय, खानेपानीलगायत पूर्वाधार विकास गर्न सके पर्यटकलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने घोराही–१० की सनम डिसीले बताइन् । ‘प्रतिक्षालय नहुँदा अत्यधिक गर्मी र पानी पर्दा बस्न समस्या हुने गरेको छ । यस क्षेत्रको विकास गर्न सके पर्यटकीय सम्भावना छन् । स्थानीयको आयस्रोत वृद्धि हुनुका साथै रोजगारीका अवसर सृजना हुनेछन्’, उनले भनिन् ।
यहाँको पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पहल गर्नुपर्नेमा घोराही–१५ की रेखा केसीले जोड दिइन् वर्षायामको समय भएकाले यहाँको सौन्र्दय हेर्न, डुङ्गामा सयर गर्न आन्तरिक पर्यटक आउने भएकाले दहलाई थप व्यवस्थित गर्नुपर्ने उनले बताइन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम