
दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ४१ करोडको बजेट विनियोजन गरेको छ । मंगलबार बसेको १७ औं गाउँसभाले ४१ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ २३ करोड ३२ लाख ३५ हजार ५९ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड १७ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । ठाटीकाँध गाउँपालिकाले बजेट व्यवस्थापनको लागि संघीय सरकार बाट प्राप्त अनुदान, प्रदेश सरकार बाट प्राप्त अनुदान र अन्तरिक स्रोत समेटेर बजेट निर्माण गरेको हो ।
आज गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालले ठाटीकाँध गाउँपालिकाको १७ गाउँ सभामा उक्त बजेट पेश गरेका हुन् । गाउँ पालिका अध्यक्ष रक्षा बहादुर शाहले नीति तथा कार्यक्रम १७ औं गाउँ सभामा प्रस्तुत गरेका थिए । आगामि वर्षको बजेट कार्यान्वयन बाट विगतमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै गाउँ पालिका क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य तथा सबैमा शिक्षाको पहुँच, पालिका क्षेत्र भित्रको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने गाउँ पालिका अध्यक्ष शाहले जानकारी दिए ।
उपाध्यक्ष देविराम बडुवालले पुरान र अधुरा रकेका कार्यक्रमलाई पूर्णता दिने र पालिकाको दिगो विकासलाई जोड पुग्ने गरि बजेट ल्याएको जानकारी दिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह