काठमाडौं । १२ दिने चलिरहेको इरान इजरायल तनावका कारण बन्द रहेको हवाई मार्ग इरानले पुनः खोल्न थालेको छ । दुई देशबीचको तनाव केही कमभएसँगै इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू पुनः व्यावसायिक उडानका लागि खोलेको हो ।
इरानी सरकारी समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै बीबीसीले राजधानी तेहरानका इमाम खुमैनी र मेहराबाद विमानस्थल भने अझै पनि बन्द रहेको जनाएको छ ।