साताको अन्तिम कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकम पौने ८ अर्ब

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापन गर्ने नेप्से सूचक ४.४५ अंक घटेर परिसूचक २५९५.७४ विन्दु कायम भएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब ६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज कारोबार १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ । यसदिन ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ।

यस दिन ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार