गार्डियन माइक्रो लाइफको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि साउन ४ मा सकिदै

काठमाडौं । गार्डियन माइक्रो लाइफको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन समय साउन ४ गते सकिदै छ । लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम कम्पनीको सेयर लकइनमा रहेको थियो । संस्थापक र कर्मचारीतर्फको सेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार