
धनुषा । धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ। यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवद्र्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो ।
दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गर्नुभएको र रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिए । ‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दाबढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए ।
महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषिविज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतीसमेत गएिका थिए । यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए। मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्रीवितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिए ।
तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवद्र्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन