
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पहिलो पेट्रोलको मूल्य पहिलो वर्गमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गमा १६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गमा १४९ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपालय रहेका छन् ।

फेसबुक प्रतिक्रिया













समाचार
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान
ऊर्जा उद्यमी बटु लामिछाने उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा मनोनीत
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने