
मनाङ । यहाँको घरपझोङ गाउँपालिका २ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदानको रु. एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु. ९० लाख लागत साझेदारी गरी जम्मा रु. दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।
सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्गनजिकै भएर पनि कालीगण्डकीपारि ओझेलमा परेका घरपझोङ– १ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आसबहादुर थकालीले उल्लेख गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला