कर्णाली याक्सको हस्पिटालिटी पार्टनर हिल्टन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले हिल्टन काठमाडौंसँग हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य गरेको छ।
कर्णाली याक्स स्पोटर्स प्रा.लि र हिल्टन होटल काठमाडौंबीच शनिवार सम्झौता भएको छ । एनपिएलको दोस्रो संस्करणका लागि कर्णाली याक्सको हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं हुनेछ ।

योसँगै प्रतियोगिता दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल नक्सालस्थित हिल्टन होलटमा बस्नेछन् । सम्झौता पत्रका कर्णाली याक्स स्पोट्र्स प्रा.लिका प्रतिनिधि र हिल्टन होटलका प्रतिनिधिबीच हस्ताक्षर गरे । गत वर्ष पुस ६ गते सम्पन्न एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्म पुगेको थियो । दोस्रो संस्करणका लागि पनि टोलीले प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो । अघिल्लो सिजन भारतीय पूर्व ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार