
काठमाडौं । श्रीलंकाको कोलम्बोमा हुने साफ यु–१७ च्याम्पियनसिपको ड्र आज सार्वजनिक भएको छ । बंगलादेशको ढाकामा भएको ड्रमा समुह ‘ए’ मा ३ र समुह ‘बी’ मा ४ राष्ट्र रहेका छन् ।
नेपाल समुह ‘ए’ मा आयोजक श्रीलंका र बंगलादेशसँग रहेको छ। भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र माल्दिभ्ससँग परेका छन्। भारत गत संस्करणको विजेता हो। प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुनेछ। साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ड्र ढाकामा सम्पन्न भएको हो।
जहाँ यु–२० महिला साफ च्याम्पियनसिपका प्रशिक्षक तथा अफिसियलहरूको पनि उपस्थिति रहेको थियो । उपाधिका लागि दक्षिण एसियाका ७ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम