२१ अंकले बढ्यो नेप्से, १६ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेर २८९२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोडको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८० प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशतले सेयरमूल्य घटेको छ। आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार