
काठमाडौं । यो लाभांश घोषाण गर्ने सिजन हो । विभिन्न क्षेत्रका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन् । त्यस्तै कही कम्पनीले भने लाभांश वितरण समेत गरिसकेका छन् । केहीले भने लाभांश घोषणा गर्दै वार्षिक साधारणसभाको मिति घोषणा गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका ५० लघुवित्त संस्थाहरुमध्ये ८ वटा लघुवित्तले आफ्ना सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका छन् । लघुवित्तहरुले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । गत आर्थिक वर्ष २०८०/८१ मुनाफाबाट हालसम्म फस्ट माइक्रोफाइनान्स, नेशनल लघुवित्त, सर्पोट, आरएसडीसी, गुराँस, स्वालम्वन, आशा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । बाँकी लघुवित्तले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।
नेशनल लघुवित्त
नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्तले १४.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
आशा लघुवित्त
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशन नगद लाभांशसहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्तले पनि ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
गुराँस लघुवित्त
गुराँस लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
स्वालम्वन लघुवित्त
स्वालम्वन लघुवित्तले पनि १४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५, आशा लघुवित्तले पनि १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
फरवार्ड लघुवित्त
फरवार्ड लघुवित्तले पनि १४ प्रतिशत लाभांश दिने भएको छ । यो वर्षका लागि कम्पनीले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिने भएको हो ।













समाचार
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल