
काठमाडौं । सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले निर्देशन दिएको छ। बिहीबार मन्त्रालयको प्रशासन विभागले एक सूचना जारी गरी देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा यो अभियान चलाउनु निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान साउनदेखि असोजसम्म नियमित रुपमा जारी राख्नु पर्ने निर्देशन दिएको छ । मन्त्रालयका सबै कर्मचारी तोकिएको समयमा उपस्थित भइ आफ्नो कार्यालय सफा गर्नु गराउनु भनी सूचना जारी गरिएको छ। मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै देशभर डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयसहित हरेक घर, टोल सबैले प्रत्येक साता एक घण्टाका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाउने कार्यक्रम अघि सारेको थियो।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल