
नुवाकोट । विदुर नगरपालिकाको आफ्नो बाँझो रहेको छ। रोपनी जग्गामा व्यावसायिक फूलखेती सुरु गरेको छ।
विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनको अनुसार अहिले रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुनेछ।
‘नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवद्र्धन गर्न लागिएको छ’, उनले भने, ‘गत वर्ष परीक्षणको रुपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।’
फूलखेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ (ठाउँ) तयार पारिएको छ। छ रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फूलका बिरुवा रोप्न सुरु गरिएको कृषि शाखाका अधिकृत सविना बोगटीले जानकारी दिए।
बिरुवा अन्यत्रबाट खरिद गरेर ल्याइएको छ। रोप्नका लागि नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी खटिएका छन्। यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिएको छ भने मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने उनको भनाइ छ। नगरपालिकाले गत वर्ष वडा नं ५ र वडा नं ९ मा परीक्षणका रुपमा लगाएको फूलखेतीमा सफलता पाएसँगै यो वर्ष बाँझो एवं प्रयोगविहीन अवस्थामा रहेका आफ्नो जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको छ।
सोही अभियानअन्तर्गत वडा नं ५ को कार्यालय पनि फूलबाट लाभ लिन व्यावसायिक खेती सुरु गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए। उनको अनुसार वडा नं ५ ले कार्यालय परिसरमा रहेका बाँझो एवं खाली जग्गामा यो वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेको हो।













समाचार
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलरको मूल्य स्थिर, युरोको बढ्दा पाउण्डको घट्यो, कुन देशको विनिमयदर कति ?
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी