
काठमाडौं । टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन् । सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् ।
उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले टिम एकताबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१५ मा अस्ट्रेलिया आएका सुवाल पूर्व राष्ट्रिय च्याम्पियन हुन् । उनले नेपालबाट दक्षिण एसियाली खेलकुद (साग) कास्य पदक जितेका थिए । यस्तै उनले पेरिस र जापानमा वल्ड च्याम्पियनसिप, २०१० र २०१४ मा एसियन गेम्समा प्रतिस्पर्धा गरेका थिए । २०१७ मा लस भेगासमा युएस ओपनमा पनि सहभागिता जनाएका थिए ।
पर्वत फलेवासका श्रेष्ठ २०१८ मा अस्ट्रेलिया पुगेका थिए । उनले आफ्नो भविष्य बनाउन मात्र नभई प्रवासी नेपाली समुदायका लागि योगदान दिने गहिरो उद्देश्य रहेको र आफ्नो नारामा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । श्रेष्ठले नेपाली युवा समुदायमा नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता र खेलकुदको माध्यमबाट सामाजिक एकता निर्माणमा विशेष योगदान दिएका छन् । पर्वतमा सुर्याेदय युवा क्लबबाट भलिबल खेलमार्फत आफ्नो बलियो छाप छाडेका उनले तत्कालिन पश्चिमाञ्चल बिकास क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका छन् । उनल पछिल्लोपटक वि.स. २०६४ मा पश्चिमाचलबाट खेलेका थिए ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय