
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ । प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ ।
विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो । शेर्पालाई अमेरिका, जर्मनी लगायत देशमा रहेका नेपालीले रु ४५ लाख प्रदान गरेका थिए ।
प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताए । गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना पूरा गर्न रकम अभाव भएको उनको गुनासो छ । उनले दाताहरूलाई सहयोगका निम्ति आग्रह गरेका छन् ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो