
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा र आतिथ्य संस्कारको माध्यमबाट पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले भने, ‘होटल व्यवसायमा पाहुनालाई शिष्टाचार कस्तो दिइन्छ, व्यवहार र सेवा सत्कार कस्तो छ, त्यसैमा पर्यटक निर्भर हुन्छन् । प्रकृति र संस्कृतिको विविधतालाई पर्यटनसँगै जोडेर लैजानुपर्छ ।’
उनले पर्वतारोहणका लागि नेपालभन्दा उत्तम अर्को गन्तव्य नरहेको बताउँदै साहसिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवद्र्धनमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले सरकार नीतिगत सुधार गरी निजी क्षेत्रसँगको साझेदारितालाई बलियो बनाएर पर्यटन विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले नेपालको परम्परागत खाना संस्कृतिको प्रवद्र्धन गर्दै मौलिक ढङ्गले पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष सरोज आलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक ढिक्का भएर व्यावसायिक समृद्धिका लागि अघि बढ्न अपिल गरे । अधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना