
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोदोजन्य खेतीको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि खेतीतर्फ युवाहरूलाई आकर्षित गर्ने खालको नीति अपनाउन आवश्यक रहेको बताए ।
उनले कोदो र फापरबाट बनेका परिकारहरूको प्रचार–प्रसार तथा घरेलु उत्पादन प्रवद्र्धनका लागि निजी क्षेत्र तयार रहेको पनि बताए । उनले भने,‘अहिले हाम्रो गाउँतिर खेतीयोग्य जमिन बाँझो रहेको अवस्था छ । यस्तो जमिनमा हाम्रो कृषिजन्य कोदो, फापर खेती गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले धेरैजसो हाम्रो दाजुभाइहरू बाहिर जाने भएको कारण कृषिखेतीमा कम ध्यान पुगेको हुँदा यसलाई प्रमोट गर्नुपर्ने र सरकारले इन्करेज गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रको तर्फबाट कोदो र फापरको प्रमोशन तथा यसबाट बनेका परिकारहरूको परिकारको समेत प्रमोशनको लागि र डोमेस्टिक उत्पादनलाई प्रमोट गर्नको लागि तपाईँहरूसँग सहकार्य गरेर अगाडि बढ्नेछ भन्ने कुरा म राख्न चाहन्छु । कोदो खेतीलाई प्रवद्र्धन गर्नको लागि यहाँहरूले गर्नुभएको संस्थागत प्रयासको म प्रशंसा पनि गर्न चाहन्छु ।’ सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न तथा उत्पादनमा वृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल