
काडमाडौं । यती एयरलाइन्सले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
यतीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २ करोड ७१ लाख अमेरिकी डलरको रेटिङ गराएको छ । यो कम्पनी नेपालको आन्तरिक हवाई उडान क्षेत्रको दोस्रो ठूलो कम्पनी हो ।
नेपाली हवाई बजारको १७ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ । यस कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको ४६.८२ प्रतिशत, लाक्पा सोनम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले ७ वटा एटीआर ७२ हवाईबाट सेवा दिँदै आएको छ । जसमा ६ वटा कम्पनीले खरिद गरेर सञ्चालन गरिरहेको छ भने एउटा भने भाडामा ल्याई सञ्चालन गरेको छ ।
हाल यस कम्पनीले २० वटा रुटमा हवाई सेवा दिने गरेको छ । कम्पनीको ४ वटा रुटबाट मात्रै ४७ प्रतिशत आम्दानी हुने गरेको जानकारी दिएको छ । कम्पनीअनुसार काठमाडौंदेखि पोखरा, पोखराबाट काठमाडौं र विराटनगरको रुटबाट मात्रै सन् २०२४ मा ४७ प्रतिशत आम्दानी हो ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम