माबिलुङ्ग इनर्जीको आईपीओमा कतिको पर्यो आवेदन ?

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा कुल २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडिएसका अनुसार, उक्त आईपीओमा २३ लाख २५ हजार २५६ जना आवेदकले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन्।

यसमध्ये १ लाख २४ हजार ८९० जना आवेदकले १०÷१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्, भने तीमध्ये चार जनाले ११ कित्तासम्म सेयर हात पार्नेछन्। करिब २२ लाख आवेदकको हात रित्तो पर्ने सम्भावना देखिएको छ । कम्पनीले गत असार १ गते प्रति सेयर १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले अब बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३० हजार ९५ कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार