
धरान । पेडलर्स धरानको आयोजनामा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोजना गरिएको हो ।
पर्यटन प्रवद्र्धन, स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पेडलर्स धरानका अध्यक्ष किसान मास्केले बताए। उनका अनुसार आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, विजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी, नयाँ बसपार्क, हरियाली चोक, दिपेन्द्र चोक हुँदै सबै मठमन्दिर, धरानका धार्मिकस्थलमा पुगेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर सम्पन्न भएको हो ।
करिब ३२ किलोमिटर दूरीमा भएको राइडमा दुई सय राइडर्सहरूले सहभागिता जनाएका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । ‘सहभागी राइडर्सबाट प्रतिव्यक्ति रु तीन सय लिइएको हो । पेडलर्सले समाजसेवालाई प्राथमिकतामा राखी लिएको उक्त शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ’, उनले भने।
गत वर्षको कोरा राइडबाट संकलन भएको रकमले धरान–१४ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले उल्लेख गरे। आज राइडमा सहभागी सम्पूर्ण राइडर्सलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको बताउँदै उनले सुनसरीसहित झापा, मोरङलगायत विभिन्न ठाउँबाट सहभागिताका लागि आएको जानकारी दिए ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक वर्ष साउन महिनामा हुँदै आएको अध्यक्ष किसान मास्केले बताए । धरानमा सन् २०१७ देखि नियमित रूपमा यो कार्यक्रम आयोजना हुँदै आएको उनले जानकारी दिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह